लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको आर्थिक विकास विना युवा पलायन रोक्न नसकिने बताउनु भएको छ । युवा पलायन रोक्नको लागि पनि आर्थिक विकास गर्नुपर्ने र त्यसको लागि औद्योगिक विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले त्यसको लागि मिडियाले पनि सकारात्मक भूमिका खेल्नुपर्ने भनाई राख्नुभयो । प्रदेश सरकारले मिडियालाई सकारात्मक रुपमा हेरेको बताउँदै प्रदेशको विकास र समृद्धिको लागि रचनात्मक भूमिकामा रहन मिडियालाई आग्रह गर्नुभयो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेले बुटवलको विकासको लागि प्रदेश सरकारबाट सहयोगको आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा टेलिभिजनका सल्लाहकार रामचन्द्र ढकाल, उपाध्यक्ष गोपाल ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।