नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ काे सभापतिमा कार्यवाहक सभापति पर्शुराम ढकालले उम्मेदवारी घाेषणा गर्नुभएकाे छ । यहि असाेज २७ गते हुन लागेकाे पार्टीकाे उपचुनावमा संस्थापन ईतर समुहकाे तर्फबाट बुधबार बुटवलमा उम्मेद्वार घाेषणा सभाकाे आयाेजना गरी क्षेत्रीय सभापतिमा कार्यवाहक सभापति ढकाललाई अगाडि सारिएकाे जानकारी गराईएकाे हाे ।
क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियाे । उक्त रिक्त पदमा उपासभापति ढकाललाई कार्यवाहक सभापतिकाे जिम्मेवारी दिइएकाे थियाे ।
त्यस्तै रिक्त रहेकाे सहसचिव पदमा नरबहादुर रजालीलाई अगाडि सारिएकाे छ । उपसचिव पद पनि राबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि रिक्त थियाे । संस्थापन इतर समुहले अगाडि सारेका रजाली पार्टीकाे १४ औं महाधिवेशनमा संस्थापन समुहबाट नगर सहसचिव पदमा उम्मेद्वार हुनुहुन्थ्याे ।