नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलन मंगलरबार भैरहवाको भैरहवाको पटवा बैंक्वेटमा हुदैछ । कार्यक्रमलाई काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा संगै अन्य केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सोमबार भैरहवा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सम्मेलनमा ३ हजार ४५ जना प्रतिनिधि एवम अन्य शुभचिन्तकहरुको सहभागिता रहने जानकारी गराउनु भयो । सम्मेलनले अहिले काँग्रेसमा रहेको गुटको राजनितिलाई न्यूनिकरण गर्ने पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय अब्दुल रज्जाक र भरत कुमार शाहले नेपाली कांग्रेस स्पष्ट रुपमा संघीयताको पक्षमा रहेको र सम्मेलनले संघीयताको बिषयमा कांग्रेसलाई थप स्पष्ट पार्ने बताउनु भयो । यस्तै काँग्रेस ठूलो पार्टी भएपनि यसलाई अझै गतिशिल बनाउन, अझै क्रियाशिल बनाई कार्यकर्ताको मनोबललाई बढाउन सम्मेलन सहयोगी हुने उहाँहरुको भनाई छ ।