नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन आईतबार बिहानदेखि बन्द सत्र सुरु भएको छ । प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी करिब ७ सय जनाको सहभागिता रहेको मञ्च व्यवस्थापन तथा प्रचारप्रसार समितिका संयाेजक रामबहादुर कार्कीले जानकारी गराउनु भयाे ।
सम्मेलनमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
प्रतिवेदनमाथि प्रतितिधिहरुको छलफलपछि आगामी कार्यदिशा तय गर्ने प्रदेश सदस्य विष्णु पाेखरेलले जानकारी दिनुभयो ।
सम्मेलनको शनिबार सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियोे । बन्द सत्र काँग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) को सञ्चालनमा चलिरहेको छ ।