राष्ट्रिय कृषि गणना–२०७८ : कृषक परिवारको संख्या घट्यो

1.3K

राष्ट्रिय कृषि गणना–२०७८ : कृषक परिवारको संख्या घट्यो

नेपालमा कृषक परिवारको संख्या घटेको छ । राष्ट्रिय कृषि गणना–२०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवारले कृषि कर्म गरेका छन् । त्यस्तै २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि कार्य हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा राष्ट्रिय कृषि गणना–२०७८ को प्रदेश स्तरीय जतिजा सार्वजनिक गर्दै नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार रहेको जानकारी गराएको हो । अघिल्लो कृषि गणना २०६८ मा यो ७१ प्रतिशत थियो । लुम्बिनी प्रदेशमा भने ६७ प्रतिशत कृषक परिवार रहेका छन् । लुम्बिनी प्रदेशमा ७ लाख ६५ हजार ९२ परिवारले ४ लाख २६ हजार ६१४ हेक्टर जमिनमा कृषि कर्म गर्छन् । त्यस्तैगरी रुपन्देही जिल्लामा १ लाख १७ हजार ३३३ परिवारले ६५ हजार ५५५ हेक्टर जमिनमा कृषि कर्म गर्ने गरेका छन् ।

राष्ट्रिय कृषि गणना–२०७८ को संक्षिप्त नतिजा