ईनरह्वील क्लव अफ तिलोत्तमामा डिष्ट्रिक चेयरमेन भिजिट भएको छ । क्लवकी अध्यक्ष सपना रेग्मी लम्सालको अध्यक्षता तथा डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयरमेन टुना थापाको प्रमुख आतिथ्यमा डिष्ट्रिक चेयरमेन भिजिट भएको हो ।
डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयरमेन टुना थापाले क्लव स्थापनाको सुरुवाती चरणमा पनि राम्रा कार्यक्रम अगाडि सारेको भन्दै प्रसंशा गर्नुभयो । उहाँले रचनात्मक कार्यक्रम गर्नको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा क्लवकी अध्यक्ष सपना रेग्मी लम्सालले क्लवको स्थापनासंगै ईनरह्वीलले लिएको लक्ष्य अनुसार क्लवले पनि काम गर्दै आएको बताउनु भयो । क्लव स्थापनाको छोटो समयमा धेरै कामहरु गरिएको बताउँदै क्लवले गरेका काममा हातेमालो गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा कार्यक्रम संयोजक सीता चालिसे, सचिव रेखा चौधरी, कोषाध्यक्ष कल्पना पाण्डे, आई.एस.ओ. सीता भट्टराई, ईडिटर ज्योती न्यौपाने, भगवती बस्यालले विषयगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
रुपन्देहीको तिलोत्तमामा भएको कार्यक्रममा डिस्ट्रीक सेक्रेटरी कमला श्रेष्ठ, सल्लाहकार प्रभा अर्याल, बोर्डका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुहरुको सहभागीता रहेको थियो ।