प्रधानमन्त्रीको प्रतिवद्धता : ‘रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्छु’

1.3K

प्रधानमन्त्रीको प्रतिवद्धता : ‘रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्छु’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पश्चिम नवलपरासीको रामग्राम मंगलबार आउनु भएका प्रधानमन्त्री प्रचण्डले स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
रामग्रामको विकासले त्यसक्षेत्रको पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै त्यसको लागि सबैभन्दा पहिला रामग्राम स्तुप विकास गुरुयोजना पुरा हुनु पर्ने बताउनु भयो ।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा कार्यक्रम आयोजना गरिएको थियो ।