नाडा लुम्बिनी अध्यक्षमा निर्वाचित भट्टराईलाई संघमा सम्मान

1.3K

नाडा लुम्बिनी अध्यक्षमा निर्वाचित भट्टराईलाई संघमा सम्मान

लुम्बिनी अटोमोवाईल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा निर्वाचित बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संघमा सम्मान गरिएको छ ।
संघका सोमबार बसेको कार्यसमिति बैठकमा नाडा अध्यक्षमा निर्वाचित हुनुभएकोमा कार्यसमिति सदस्य भट्टराईलाई सम्मान गरिएको हो । उहाँलाई संघका अध्यक्ष हरीप्रसाद अर्यालले सम्मान गर्नुभएको हो ।
त्यसै अवसरमा संघको कार्यसमिति सदस्यमा मनोनित हुनु भएका नरिश्वर शर्मा पौडेल र मोहम्मद याकुवलाई पनि स्वागत गरिएको छ । त्यसैगरी लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा निर्वाचित संघकी पूर्व कार्यसमिति सदस्य मञ्जु ज्ञवालीलाई बधाई ज्ञापन गर्ने निर्णय गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।