बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीमा फुड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएकाे छ । बिहिबार बसेकाे बस्तगत भेलाले दीपक वास्ताेलाकाे सभापतित्वमा फुड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएकाे हाे । समितिकाे उपसभापतिमा माेहनीलाल न्याैपाने, सचिवमा सनत न्याैपाने, काेषाध्यक्षमा दीपक भुसाल र सदस्यहरुमा पुरुषाेत्तम गाैतम, नारायणबहादुर जिसी, देवीराम पाण्डेलाई चयन गरिएकाे छ ।
कार्यक्रममा संघका उद्याेग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारीले भनाई राख्दै व्यवसायीकाे हकहित र समस्या समाधानमा मिलेर काम गर्नुपर्ने भनाई राख्नुभएकाे थियाे ।
कार्यक्रम संघका कार्यसमिति सदस्य फुड एण्ड वेभरेज बस्तुगत समितिका समन्वयकर्ता कृष्ण पाण्डेकाे अध्यक्षतामा भएकाे थियाे ।