मिलिजुली टोलविकास संस्थाको अध्यक्षमा अर्याल

1.3K

मिलिजुली टोलविकास संस्थाको अध्यक्षमा अर्याल

बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा मिलिजुली टोल विकास संस्थाको अध्यक्षमा रुपा अर्याल निर्वाचित हुनु भएको छ । उक्त टोल विकास संस्थाको शुक्रबार सम्पन्न भएको चौंधौ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट अर्यालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा सरस्वती चापागाई ज्ञवाली, कोषाध्यक्षमा सरस्वती विष्ट क्षेत्री, सहसचिवमा ईन्दिरा शर्मा पौडेल र सदस्यहरुमा संगिता रानाभाट, ईन्दिरा केसी, चाहाना थापा, विन्दु अर्याल, कमला अर्याल, संगिता खत्री, गुनकुमारी कम्बरपाल र विना अर्याललाई चयन गरिएको निर्वाचन संयोजक लोकराज पोखरेलले जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष बमबहादुर थापाकाे अध्यक्षतामा भएकाे साधारण सभा तथा अधिवेशनमा संस्थापक अध्यक्ष सावित्रा टण्डन, लोकराज पाेखरेल, हरी ज्ञवाली, चित्रबहाटुर बर्माले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।