इनरह्वील क्लव अफ तिलाेत्तमाकाे स्थापना दिवस मनाईएकाे छ । शनिबार विशेष कार्यक्रमका विच बुटवलमा क्लवकाे स्थापना दिवस मनाईएकाे हाे ।
कार्यक्रममा बाेल्दै इनरह्वील डिष्ट्रिक ३५० कि भाइस चियरमेन आशा श्रेष्ठले क्लव स्थापनाकाे एक वर्षकाे छाेटाे अवधिमा पनि देखिनेगरी राम्रा काम गरेर उदाहरण प्रस्तुत गरेकाे बताउनु भयाे ।
त्यस्तै क्लवकी अध्यक्ष सपना रेग्मी लम्सालले क्लवकाे स्थापनासंगै इनरह्वीलकाे सिद्धान्तमा रहेर सकेसम्म रचनात्मक काम गर्ने प्रयास गरिएकाे बताउदै क्लवका कार्यक्रममा सहभागी हुने तथा सहयाेग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।
त्यसै अवसरमा क्लवले प्रमाशन गरेकाे डाईरेक्ट्रि पनि विमाेचन गरिएकाे छ ।
कार्यक्रममा इनरह्वील क्लव अफ मिडटाउनकी निवर्तमान अध्यक्ष प्रभा अर्याल, अध्यक्ष देवी न्याैपाने, भाइस प्रेसिडेन्ट राधिका रिजाद, क्लवकी सल्लाहकार राधा भट्टराई लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
रत्ना रिजालकाे संयाेजनमा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव रेखा चाैधरीले गर्नु भएकाे थियाे । त्यस्तै डाइरेक्ट्रि प्रकासनकाे संयाेजन ज्याेति न्याैपानेले गर्नु भएकाे थियाे ।