तिलोत्तमा जेसीजमा वर्ष २०२४ को लागि नयाँ नेतृत्व चयन गरिएको छ । तिलोत्तमा जेसीजको शनिबार तिलोत्तमामा भएको १२ औं शाखा अधिवेशनबाट महेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको प्रमुख निर्वाचन आयुक्त विनित भट्टराईले जानकारी गराउनु भयो । अधिवेशनबाट नयाँ नेतृत्वको लागि दुई जनाको उम्मेदवारी परेको थियो । जसमा अध्यक्षमा निर्वाचित शर्माले ३९ मत प्राप्त गर्नुभयो भने अर्का प्रतिस्पर्धी रमेश न्यौपानेले १६ मत प्राप्त गर्नुभएको थियो ।
दुई कार्यकारिणी उपाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको थियो । जसमा प्रकाश न्यौपाने ४१ मत र भानु पोखरेल ३१ मत सहित विजयी हुनु भयो । चार उपाध्यक्ष पदमा भने निर्विरोध भएको छ । उपाध्यक्ष पदमा विकास गौतम, ऋतु ज्ञवाली, नविन पोखरेल र महेन्द्र थापा निर्वाचित हुनुभएको छ ।
अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा दीलकुमारी उपाध्याय, महासचिव पदमा प्रकाश न्यौपाने र कोषाध्यक्ष पदमा सुलभ वञ्जाडेलाई मनोनित गरिएको छ ।
तिलोत्तमा जेसीजको वर्ष २०२३ का अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्षहरु विनोद सुवेदी, निशानबाबु कार्की, जीवन गौतम, यादव भट्टराई, ईश्वर पाण्डे, जयप्रकाश भट्टराई, लोकप्रसाद भण्डारी, बासुदेव शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।