ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापालाई विदायी गरिएको छ । बुटवलबाट प्रहरी प्रधान कार्यालयमा सरुवा हुनु भएका प्रनाउ थापालाई बुधबार एक कार्यक्रमका विच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सम्मान सहित विदायी गरेको हो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरीप्रसाद अर्यालले एक वर्षको विचमा बुटवलमा रहँदा प्रनाउ थापा तटस्थ भुमिकामा रहेर आफ्नो करियरलाई अझै माथि उठाएको र उद्योगी व्यवसायीहरुले गुनासो गर्ने कुनै पनि काम उहाँबाट नहुँदा आफूहरुलाई पनि खुसी मिलेको बताउनु भयो । अघिल्लो वर्ष माघ ११ गते बुटवल हाजिर हुनु भएका थापा ठिक एक वर्ष माघ ११ गते नै बुटवलबाट विदायी हुनु भएको छ । उहाँले यस विचमा आफू बुटवलमा रहँदा सकेसम्म राम्रो गर्ने प्रयास गरेको बताउँदै राम्रो नराम्रो के भयो यहीको समाजलाई मुल्यांकन गर्ने जिम्मेवारी प्रदान गर्नुभयो ।