बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार विरुद्ध प्रदर्शन गरेकाे छ । साे पार्टीकाे आयाेजनामा बुटवलकाे राजमार्ग चाैराहामा प्लेकार्ड सहित प्रदर्शन गरिएकाे हाे ।
प्रदर्शनमा ‘सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे’, नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?, ललिता निवास काण्डमा दोषी उम्काउने, सुन काण्डमा तस्करहरू जोगाउने ?, एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ?, टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ?, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?, नारायणघाट –बुटवल, मुग्लिन–पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारी जनतालाई धुलोमा डुबाउने ? लगायतका नारा सहितका प्लेकार्ड लिईएकाे थियाे ।
प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य कुसुम महर्जन, केन्द्रीय संगठन विभाग सदस्य गणेश पौडेल, रुपन्देही जिल्ला संयोजक डा. बुद्धि शर्मा, रुपन्देही २ का क्षेत्रीय सभापति रमेश लम्साल , नगर सभापति राजन पाण्डे लगायतले सम्बाेधन गर्दै देशलाई दुर्गतिमा पुर्याउनेहरुकाे भण्डाफाेर गर्दै जाने बताउनु भयाे ।
रास्वपाले देशभर विराेध प्रदर्शन सुरु गरेकाे र त्यसमा साथ दिन आम जनतालाई आग्रह गर्नुभयाे । उहाँहरुले देशमा पनि राेजगारी दिन नसक्ने र विदेशमा काम गर्न जाने समेत वातावरण मिलाउनु दुर्भाग्य रहेकाे भनाई राख्नुभयाे ।