देशलाई सुधार गर्न व्यवस्था बदल्नु पर्छ : पुर्वराजा ज्ञानेन्द्र

1.3K

देशलाई सुधार गर्न व्यवस्था बदल्नु पर्छ : पुर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अब नयाँ अध्यायको सुरुवात गर्नु पर्ने अवस्था आएको बताउनु भएकाे छ ।  देश दूरावस्था तर्फ गैरहेकोमा चिन्ता प्रकट गर्दै उहाँले  नेपाली जनता एक ठाउँमा उभिएर हाल  चलिरहेको व्यवस्थामा ब्यापक परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
बिहिबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले नेपालीले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताउनु भयाे । ‘म कतै अन्त गएको छैन, सदा–सदा नेपालीको साथमा छु, नेपालभित्रै छु । उहाँले भन्नुभयाे ।
बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन परेकोप्रति चिन्ता व्यक्त गर्दै पूर्व राजा शाहले यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयाे ।
‘वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य–मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेको उहाँको भनाइ थियो । पूर्व राजा शाहले  राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको बताउनु भयाे । ‘हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं ।’  उहाँले भन्नुभयाे-‘यसरी खिइँदै जानु किमार्थ राम्रो होइन ।’