तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

1.3K

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

नेपालमा तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र तराईका अधिकांश भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ ।
महाशाखाले चिसोबाट बँच्न र दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन पनि अनुरोध गरेको छ । महाशाखाले अधिकांश स्थानहरुमा लागेको कुहिरो अपरान्हसम्ममा क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको पनि जनाएको छ ।

नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मितिः २०८० पुस २५ गते बिहान ०६ः०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

२०८० पुस २५ गते (बुधबार)

दिउँसोः कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातीः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

२०८० पुस २६ गते (बिहीबार)

दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातीः कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

२०८० पुस २७ गते (शुक्रबार)

दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातीः सुदुरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
तराई भू–भागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ ।