बुटवल जेसीजकाे अध्यक्षमा विनाेद घिमिरे निर्वाचित हुनुभएकाे छ । शुक्रबार बुटवलमा सम्पन्न शाखा अधिवेशनबाट प्रत्यासी अर्जुन ज्ञवालीलाई पराजित गर्दै घिमिरेकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।
अध्यक्षमा निर्वाचित घिमिरेले ५९ मत प्राप्त गर्नुभएकाे थियाे भने अर्का प्रत्यासी ज्ञवालीले ७ मत प्रप्त गर्नुभएकाे निर्वाचन समितिले जानकारी गराएकाे छ ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा कमल शर्मा र माधव पराजुली, उपाध्यक्ष पदमा प्रकाश गैरे, अनिल पाैडेल, मनाेजलाल श्रेष्ठ र विशाल पन्थी निर्वाचित हुनुभएकाे छ । त्यस्तै सहसचिवमा बाबुराम लम्साल र सहकाेषाध्यक्षमा सराेज पाेखरेल निर्वाचित हुनुभएकाे छ ।
अध्यक्षले मनाेनित गर्ने कानुनी सल्लाहकारमा माेहन न्याैपाने, सिईए टु प्रेसिडेन्टमा अर्जुन ज्ञवाली, महासचिवमा केशव श्रीस र काेषाध्यक्ष पदमा यदुमणी पाेखरेललाई मनाेनित गरिएकाे छ ।