राप्तीमा बस दुर्घटना : मृतक आठ जनाकाे सनाखत

1.3K

राप्तीमा बस दुर्घटना : मृतक आठ जनाकाे सनाखत

दाङको राप्ती नदीमा भएकाे बस दुर्घटनामा मृतक आठ जनाकाे सनाखत भएकाे छ । त्यस्तै घाईते सबैकाे पहिचान खुलेकाे छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेकाे थियाे ।
दुर्घटनामा परी बसमा सवार ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको र  २३ जना घाइते थिए । दुर्घटनामा घाइते भएका १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको छ।
घाइतेहरू बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३१ वर्षीय कुलबहादुर गोसाई, बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ बर्षीय लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का  २१ बर्षीय शंकर थारु, भारतको बहराईज मटेराका  २८ बर्षीय राहुल कुमार यादव र २० बर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका –५ का ४५ बर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का  २४ बर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका– १ का  २५ को मोहमद जावेदकाे कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।
त्यस्तै बर्दियाका २२ बर्षीय साजिव थारु , बाँकेका १८ बर्षीइ दशरथ विक, बाँकेकै १९ बर्षीय निफख खान,  डोल्पाका ३५ बर्षीय धनकली बढा, बाँकेका  २० बर्षीय कोरिन्जन कोरी र  बाँकेका  २० बर्षीय अवाज नाउकाे नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।
काठमाडौंको चाविहलका ४४ बर्षीय सुवाश सार्की, रौतहटका २६ बर्षीय संजय कार्की, जुम्लाका १९ बर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ बर्षीया आज्ञा पाण्डे, ३८ बर्षीया मञ्जु शर्मा, २३ बर्षीय सन्जु बढुवाल र ४५ बर्षीय राधा पाण्डेकाे बुटवलमा उपचार भईरहेकाे छ ।
जुम्लाको हिमा गाउँपालिका-४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत भएकाे छ । मृत्यु हुनेमा बाँके नेपालगंजका ६० बर्षीया  कुसुम बनेत, मकवानपुर हेटौडाका  ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का  ६५ बर्षीय ताराकान्त पाण्डे,  भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेका  ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का  २५ बर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र राम रहेका छन्।
त्यस्तै अन्दाजी ३५ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ बर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको छ ।