पहाडी भू-भागमा माैषममा आंशिक बदली : हल्का वर्षाकाे सम्भावना

1.3K

पहाडी भू-भागमा माैषममा आंशिक बदली : हल्का वर्षाकाे सम्भावना

देशका पहाडी भू-भागमा मौसममा आंशिक बदली भएको छ । जसका कारण पहाडी भू-भागमा हल्का पर्षाकाे संभावना देखिएकाे माैषम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिक मात्रामा बदली भएको महाशाले जनाएको छ । दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
तराईंमा हुस्सु र कुहिरो लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन पनि आग्रह गरिएकाे छ ।