राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनीबाट काँग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

1.3K

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनीबाट काँग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट दुबैजना सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनु भएको छ । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित हुनु भएको हो ।
महिलातर्फ काँग्रेसकी सापकोटाले नेकपा एमालेकी तुलसा केसीलाई पराजित गर्नुभएको हो भने त्यस्तै अन्यतर्फ माओवादी केन्द्रका सुवेदीले एमालेका झपेन्द्र जिसीलाई पराजित गर्नुभएको हो ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ गरी ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।