बुटवलको जी २५ क्लवले पाल्पाको तिनाउ गाउपालिकाका ९८ परिवारलाई न्याँनो कपडा वितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा स्थापित क्लव शनिबार पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ घुगँराछापका ९८ परिवारलाई न्याँनो कपडा वितरण गरेको हो ।
‘हुनेले दिने, नहुनेले लिने’ मुख्य उद्देश्य सहित संकलन गरिएको न्याँनो कपडा घुगँराका विपन्न परिवारलाई वितरण गरिएको क्लवका अध्यक्ष जयदीप न्यौपानेले जानकारी गराउनु भयो ।
