लुम्बिनी प्रदेशमा जुडाे संघकाे प्रदेश समिति गठन गरिएकाे छ । संघकाे साेमबार बुटवलमा भएकाे प्रथम साधारण सभाबाट बाँकेका विजय गुरुङकाे अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय प्रदेश जुडाे संघ गठन गरिएकाे हाे ।
संघकाे उपाध्यक्षमा सुमित गुरुङ (रुपन्देही), सचिवमा ईन्दिरा थापा (बाँके), काेषाध्यक्षमा एकमायाँ कुमारी आले (रुपन्देही) लाई चयन गरिएकाे छ । त्यस्तै सदस्यहरुमा कमल पाैडेल (प्युठान), कविता बुढाथाेकी (बर्दिया), घमण्ड घर्ती मगर (दाङ), अमिसा राना (प्युठान) र राकेश मगर (बर्दिया)लाई चयन गरिएकाे छ ।

अधिवेशन लगत्तै बसेकाे कार्यसमितिकाे पहिलाे बैठकले जिल्ला खेलकुद विकास समिति रुपन्देहीका पूर्वउपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपाध्यक्ष पदमा मनाेनित गरिएकाे छ । एक उपाध्यक्ष र ५ जना सदस्य मनाेनित गर्ने संघकाे विधान रहेकाे छ । बाँकी सदस्य पछि मनाेनित गर्नेगरी उपाध्यक्षमा अधिकारीलाई मनाेनित गरिएकाे सचिव ईन्दिरा थापाले जानकारी गराउनु भयाे । उपाध्यक्ष अधिकारीलाई केन्द्रीय महाधिवेशन प्रतिनीधिमा समेत चयन गरिएकाे छ ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदकाे विकासकाे लागि परिषदले धेरै काम गरेकाे बताउदै परिषदले गरेका काममा सहयाेगी बन्नेगरी खेलकुदका विधागत संघले काम गर्न आग्रह गर्नुभयाे । उहाँले जुडाे खेलमा राम्राे सम्भावना पनि रहेकाे बताउँदै यस खेलकाे विकासका लागि परिषदले यथेष्ट सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै नेपाल जुडाे महासंघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जुडाे खेलकाे विकास क्रमका बारेमा जानकारी गराउँदै यसका सम्भावना र अवसरकाे बारेमा पनि प्रकाश पार्नुभएकाे थियाे ।
