बुटवल उद्योग वाणिज्य संघमा डिलर बस्तुगत समिति गठन

1.3K

बुटवल उद्योग वाणिज्य संघमा डिलर बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा डिलर बस्तुगत समिति गठन गरिएको छ । संघमा मंगलबार भएको बस्तुगत समितिका सदस्यहरुको भेलाले मदन पौडेलको सभापतित्वमा ११ सदस्य डिलर बस्तुगत समिति गठन गरिएको हो ।
समितिको उपसभापतिमा उपेन्द्रराज गौतम, सचिवमा शम्भु श्रेष्ठ र कोषाध्यक्षमा राजु गैरेलाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा शालिक ज्ञवाली, नेत्र न्यौपाने, राजु कार्की, रेशमबहादुर थापा, विशाल श्रेष्ठ, विराट नेपाल र शतिस कसौधनलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बस्तुगत समिति संघको पिल्लर भएकाले संघलाई बस्तुगत समितिको दर्विलो साथको आवश्यकता हुने भनाई राख्नुभयो । उहाँले व्यवसायीका समस्या पहिचान गर्न र पहिचान गरिएको समस्या समाधानको लागि पैरवी गर्न संघलाई सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो ।
डिलर बस्तुगत समितिका समन्वयकर्ता जगन्नाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, बाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।