एउटा सामान्य चिया पसलबाट सुरु भएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि २६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव समारोहको अवसरमा देशभरका शाखाहरुमा रक्तदान, सरसफाइ लगायतका विविध कार्यक्रम गरि मनाईएको छ ।
वार्षिकोत्सवलाई बुटवल शाखामा एक कार्यक्रमका बिच पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रुपमा केक काटेर शुभकामना आदानप्रदान गरी मनाएको हो ।
कार्यक्रममा पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेलले सानो सानो लगानीबाट आर्थिक समृद्धि हुन्छ भन्ने उदाहरण सिद्धार्थ ग्रुपले दिएको बताउनु भयो ।
कार्यक्रममा शाखाका व्यवस्थापक केशवराज बस्यालले स्थापना दिवसको अवसर पारेर एक महिनासम्म २० प्रतिशत खानामा छुटका साथै सहुलियत दरमा आवासको ब्यवस्था गरिएको जानकारी गराउनु भयो । ग्रुपको सिद्धार्थ भिलासा भैरहवा र बनबास भिलासा चितवनमा दुई वटा सुविधासम्पन्न पाचतारे होटल, नेपालगंज र काठमाडौंमा बौद्ध बुटिक गरि दुई वटा ४ तारेमा सहित देशभर ३२ वटा शाखाहरुबाट सेवा दिईरहेको छ ।
सिद्धार्थ ग्रुपले हस्पिटालिटी सेवासंगै पर्यटनसंग सम्बन्धित पाथिल होलिडे ट्राभल एजेन्सी, होटल व्यवस्थापन अध्ययापन गराउने सिद्धार्थ ईन्टिच्युट, आईटि टेक्नोलोजीको सार्भा टेक्नोलोजी र हस्पिटालिटि क्षेत्रमा चाहिने कृषि मागलाई पुरा गर्ने गरि धेरै विधामा काम गरिरहेको उहाँले जानकारी गराउनु भयो ।
उहाँले सातवटै प्रदेशमा कम्तिमा एउटा एउटा पाचतारे होटल खोल्ने लक्ष्य रहेको पनि जानकारी गराउनु भयो । हाल यो ग्रुपले १ हजार ५ सय जनालाई प्रत्येक्ष रोजगारी प्रदान गरेको छ । मल्टिपर्पोज कम्पनीका रुपमा सञ्चालित यो ग्रुपले निकट भविश्यमा भारतमा पनि होलट सञ्चालनको तयारी गरिरहेको उहाँले जानकारी गराउनु भयो ।