नेपाल प्रेस युनियनका अध्यक्ष शिब लम्सालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा कसैलाई पनि अन्यायमा पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन पाल्पाले शनिबार पाल्पाको तानसेनमा आयोजना गरेको लुम्बिनी प्रदेशको आमसञ्चार कानुुन र सञ्चारकर्मीको अधिकार कार्यशाला गोष्ठीमा बोल्दै उहाँले पत्रकार महासंघको सदस्यताका लागि मापदण्ड पुरा गरेका अन्याय र अपमान हुन नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गैर पत्रकारहरुको हातमा पत्रकार महासंघ नजाओस भन्नका लागि युनियनले शुद्धिकरणको प्रस्ताव राखेको बताउँदै उहाँले मेनस्टिममा काम गर्ने पत्रकारलाई अनेक बहानामा सदस्यबाट हटाउन नहुने भनाई राख्नुभयो । न्यायोचित ढंगबाट सदस्यता शुुद्धिकरण नभए युनियनले जस्तोसुकै कदम पठाउन पछि नपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले देश निर्माणमा पत्रकार जंगतको महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय मुलुुक गलत ढंगले अगाडि बढेको र त्यसलाई सही दिशामा ल्याउन पत्रकाहरु समेत सही ढंगले अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबुु कवारीले लोक कल्याणकारी विज्ञापन, मिडियामा देखिएका समस्याहरु, ऐन, कानुन बनाउने दिशामा प्रदेश सरकारले प्रभावकारी काम गरेको बताउनु भयो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षहरु, जीवन भण्डारी, माधव अर्याल, युनियनका केन्द्रिय महासचिव दिलिप पौडेल, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, युनियनका सल्लाहकार झपेन्द्र गहिरे लगायतले आ– आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा युुनियन लुम्बिनी प्रदेशका अध्यक्ष डा. सुुदिप गौतम र युुनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । युुनियन पाल्पा शाखाकी अध्यक्ष मन गहिरेको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र रायमाझीको स्वागत तथा सचिव विष्णुु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।