रोटरी साउथद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर

1.3K

रोटरी साउथद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर

रोटरी क्लव अफ बुटवल साउथले सियारी गाउँपालिकाको वडा नं. ५ सिद्धपुरमा स्वास्थ्य शिविर गरेको छ । क्लवले क्रिमसन अस्तालको सहकार्यमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिबिर गरेको हो ।
रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाईब्रिड नेपाल, रोट्रयाकट क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिको सहआयोजनामा गरिएको शिबिरमा जनरल फिजिसियन, वालरोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञ स्त्री तथा प्रसुती, नाक, कान घाँटी र जनरल सर्जन सहितको टोलीले २४६ जना विरामीको स्वास्थ्य परीक्षण गरेको रोटरी क्लव अफ बुटवल साउथकी अध्यक्ष शारदा पंगेनीले जानकारी गराउनु भयो ।
शिविरमा क्लवका पदाधिकारी सदस्यहरु सहित १० जना डाक्टर र १० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्नुको साथै परामर्श सेवा प्रदान गरेको थियो ।