ख्याहा समाज रुपन्देहीद्वारा मुसहर बस्तीमा कपडा वितरण

1.3K

ख्याहा समाज रुपन्देहीद्वारा मुसहर बस्तीमा कपडा वितरण

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाबाट रुपन्देहीमा आई बसोबास गरेकाहरुको संस्था पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्पर्क समाजले तिलोत्तमा नगरपालिका वडा नं. १७ भरौलीयामा रहेको मुसहर बस्तीमा कपडा वितरण गरेको छ । उक्त सम्पर्क समाजले मंगलबार तिलोत्तमा १७ भरौलीयामा रहेको मुसहर बस्तीका २ सय जनालाई जाडो तथा गर्मी सिजनका कपडा वितरण गरिएको समाजका अध्यक्ष जगदिश न्यौपानेले जानकारी गराउनु भयो ।
उहाँका अनुसार गास, बास र कपास सबैका लागि अपरिहार्य भएपनि कपितय आर्थिक अवस्थाका कारण त्यसबाट वञ्चित हुनु भएको यथार्थलाई मध्येनजर गरी समाजले नयाँ तथा पुराना कपडा संकलन गरी विपन्न मुसहर वस्तीमा वितरण गरिएको हो । रिब्दीकोट गाउँपालिका ख्याहामा जन्मभई स्थायी वा अस्थायी रुपमा रुपन्देहीमा बसेका व्यक्तिहरु विच आपसी सद्भाव, भाईचार अभिबृद्धि गर्दै आपसमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको र सामाजिक उत्तरदायित्व बहन गरी कपडा संकलन गरेर विपन्न परिवारलाई वितरण गरिएको जानकारी गराउनु भयो ।

त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नं. १७ का अध्यक्ष दानबहादुर चौधरीले समाजले विपन्न परिवारलाई लक्षित गरेर मुसहर बस्तीका परिवारलाई कपडा वितरण गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । समाजका संस्थापक अध्यक्ष तुलसी पराजुलीले समाजले सामाजिक उत्तरदायित्व बहन गरी आफुले सकेको सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि समाजिक कामलाई संगसंगै अगाडि बढाउनु बताउनु भयो ।
कपडा वितरण कार्यक्रममा वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु जोखु थारु, पशुपती बस्याल, समाजका संरक्षक गंगाराम पाण्डे, सल्लाहकार युवराज पराजुली, तुलसीराम पाण्डे लगायतको सहभागिता रहेको थियो ।