प्रदेशका मुख्यमन्त्री पनि आलोपालो

1.3K

प्रदेशका मुख्यमन्त्री पनि आलोपालो

केन्द्रीय सत्ता गठबन्धन बदलीएपछि त्यसको असर प्रदेशमा पनि पर्ने प्रष्ट देखिएको छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा रहेको नयाँ सत्ता गठबन्धन अहिले बालुवाटारमा छलफलमा जुटेको छ ।
छलफलमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने, प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउने सहमति भएको छ ।
त्यस्तै प्रदेशको मुख्यमन्त्रीमा एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको बैठक बसिरहेको छ ।