जी २५ क्लवले विपन्न मृगाैला राेगीलाई खाद्यान्न प्रदान गरेकाे छ । क्लवले मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा १५ जना अतिविपन्न मृगाैला राेगीलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेकाे हाे ।
उनीहरुलाई क्लवले चामल, तेल, दाल, नुन लगायतकाे खाद्यान्न प्रदान गरेकाे हाे । उक्त खाद्य सामाग्रि क्लबका संस्थापक अध्यक्ष रमेशकुमार जोशीले स्व. पिता हिराबहादुर जोशीको स्मृतीमा प्रदान गर्नुभएकाे थियाे ।
क्लवले मंगलबार एक कार्यक्रमका विच खाद्यान्न प्रदान गरेकाे हाे ।

क्लवका अध्यक्ष जगदिश न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थापक अध्यक्ष जोशी, मृगौला तथा मुटु सरोकार समाजका अध्यक्ष रमेश खडका, क्लबका मार्गदर्शक बिमलराज घिमिरे, संरक्षक प्रेमप्रसाद पाण्डेय, निवर्तमान अध्यक्ष निर्मल नेपाल, क्लका कार्य समितीका पदाधिकारी सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।