नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघ महिना सम्मको वित्तिय रिपोर्ट अनुसार उपभोक्ता मुल्यबृद्धि ५ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष साउन देखि माघ मसान्तसम्मको वित्तिय रिपोर्ट अनुसार उपभोक्ता मुल्यबृद्धि ५.०१ प्रतिशतमा झरेको हो ।
अघिल्लो वर्षको माघ महिनामा उपभोक्ता मुल्यबृद्धि ७.८८ प्रतिशत रहेको थियो । त्यसको तुलनामा अहिले २.८७ प्रतिशतले कमी भएको हो । पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।