प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १५७ सांसदले विश्वासकाे मत दिएका छन् । प्रधानमन्त्री दाहालाई माओवादी केन्द्र सहित, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी जसपाका सांसदहरुले विश्वासकाे मत दिएका हुन् ।
त्यस्तै नेपाली काँग्रेस, राप्रपा, जनमत लगायतका दलका ११० सांसदले विपक्षमा मतदान गरेका छन् । एक जना सांसद भने तटस्थ बसे ।
प्रतिनिधि सभामा बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दा २७५ सांसदमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाले विश्वासकाे मत दिनुपर्ने थियाे ।