महरालाई चार दिन हिरासतमा राख्न अनुमति

1.3K

महरालाई चार दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका नकेपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
पूर्व सभामुख समेत रहेका महरालाई प्रहरीले सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरेको थियो । प्रहरीसंग लुकिछिपी भाग्नेक्रममा महरालाई कपिलबस्तुबाट पक्राउ गरे लगत्तै प्रहरीले प्लेन मार्फत काठमाण्डौ सिआईबी कार्यालय पुर्याईएको थियो ।
भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिए पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले मुद्दा चलाउन सिफारिस गरेका महरालाई अनुसन्धानको लागि सरकारी वकिल ७ दिन समय माग गरेका थिए । यद्यपी अदालतले चार दिनको म्याद दिएको हो ।