लुम्बिनीको मुख्यमन्त्रीमा महराको दावी

1.3K

लुम्बिनीको मुख्यमन्त्रीमा महराको दावी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दावी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सहित नेकपा एमाले, एकिकृत समाजवादी, जसपा र स्वतन्त्र दुई गरी ४४ सांसदको समर्थन सहित मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको हो ।
सत्तासाझेदार दलहरु बिच बिहिबार देउखुरीमा बसेको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियोल । सोही निर्णयअनुसार शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले दावी पेश गर्नुभएको हो ।
यस अगाडि लुम्बिनीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुनुहुन्थ्यो । केन्द्रको राजनीतिक समिकरण भत्किएपछि प्रदेशमा बहुमत जुटाउन नसकि बिहिबार मात्रै पदबाट राजीनामा गर्नुभएको हो ।
मुख्यमन्त्री चौधरीको राजीनामा पछि आजै प्रदेश प्रमुख शेरचनले तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गर्नुभएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
जसमा मुख्यमन्त्रीमा दावी गर्नुभएका महराले नेकपा माओवादी केन्द्रका १० सहित एमालेका २९, जसपाका २, एकिकृत समाजवादीका १ र २ स्वतन्त्र गरी ४४ सांसदका समर्थन जुटाउनु भएको हो ।