दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा : १४ करोड लगानी

1.3K

दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा : १४ करोड लगानी

आर्थिक केन्द्रको रुपमा विकास हुँदै गईरहेको बुटवलको कालिकानगरमा दियालो फूडल्याण्डको पाँचौं शाखा सञ्चालनमा आएको छ । सन् २०११ मा काठमाण्ठौको बसुन्धराबाट सुरु भएको दियालो फूडल्याण्डको बुटवलमै भने यो दोस्रो शाखा हो । यस अगाडि बुटवलको मिलनचोकमा शाखा सञ्चालन भईरहेको छ ।
कालिकानगर शाखाको शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले आर्थिक क्षेत्रमा देखिएको निरासा र अन्यौलताका बिचमा पनि भईरहेको लगानीले आशाको दीयो बालेको बताउनु भयो । उहाँले निर्माणाधिन सडक लगायतका पूर्वाधार सम्पन्न हुदा त्यसले बुटवलको भविश्यको सुनिश्चितता गर्ने भएकाले हतोत्सायित नभई अहिलेको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

दियालो फूडल्याण्ड कालिकानगरमा यस क्षेत्रका ३२ जना उद्योगी व्यवसायीहरुको झण्डै १४ करोड लगानी रहेको छ । दियालो फूड ल्याण्ड कालिकानगरका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठका अनुसार यो शाखामा ८ सय क्षेत्रताको वातानुकुलित व्याङ्क्विट हल, ५० जना सम्म क्षेत्रको ३ वटा वातानुकुलित मिटिङ हल, रेष्टुरेन्ट, खुल्ला पार्किङ, गार्डेन, चिल्ड्रेन जोन रहेको छ । त्यस्तै २ हजार ५ सय जनासम्मको विवाह लगायतका पाटीका कार्यक्रम गर्न सकिने प्रवन्ध निर्देशक शंकर न्यौपाने बताउनु हुन्छ । हाल ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ ।
काठमाण्डौको बसन्धरामा सन् २०११ मा पहिलो शाखा स्थापना गरिएको दियालो फूडल्याण्डको योसंगै पाँच वटा शाखा पुगेको छ । त्यस्तै काठमाण्डौंकै सेजपत्ती, चितवन, बुटवल मिलनचोक र कालिकानगरमा समेत गरी पाँचौ शाखा पुगेको दियालो फूडल्याण्ड काठमाण्डौंका अध्यक्ष माधव पाण्डेले बताउनु भयो । उहाँका अनुसार दियालो फूडल्याण्डका देशभरका पाँच शाखामा १ अव बढी लगानी भएको छ । त्यस्तै तीन सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ ।