योजना आयोगका उपाध्यक्ष केसीको राजीनामा

1.3K

योजना आयोगका उपाध्यक्ष केसीको राजीनामा

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सरकार परिवर्तन भएपछि केसीले सोमबार राजीनामा दिनुभएको हो ।
सोमबार उहाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाउनु भएको छ । आयोगको उपाध्यक्षमा डा. केसीलाई निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गर्नुभएको थियो । डा. केसीले राजीनामा दिएसँगै आयोगका सदस्यहरू डा. सुरजकुमार वली, सरोज खनाल र गीता केसी पनि आयोगबाट बाहिरिनु भएको छ ।
योजना आयोगको उपाध्यक्षमा रहँदा केसीले सातै प्रदेशका योजना आयोगको राष्ट्रिय भेलामार्फत प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बिनी घोषणापत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार पारिएको बताउनु भएको छ । उहाँले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि र कार्यक्रम दस्ताबेज तयार गरिएको पनि बताउनु भयो ।