बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य शाक्यको निधन

1.3K

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य शाक्यको निधन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्यको निधन भएको छ । शाक्यका भिनाजु सुरेश बज्राचार्यका अनुसार उहाँको उपचारको क्रममा भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा आज मंगलबार बिहान तीन बजेको समयमा निधन भएको हो ।
उहाँलाई कलेजोमा क्यान्सर भएर उपचारको लागि दिल्ली लगिएको थियो । उहाँको एक महिना अँगाडि मात्रै कलेजो ट्रान्सप्लाण्ट गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि उहाँलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ संगमपथ निवासी ५६ वर्षीय शाक्य पाल्पाको तानसेन नगरपालिका वडा नं. ४ मा जन्मिनुभएको थियो । उद्योगी शाक्य नेविगोल्डका सञ्चालक हुनुहुन्थ्यो । समाजसेवामा समेत सक्रिय रहनु भएका शाक्य लुम्बिनी विकास कोषको कोषाध्यक्ष हुनु भएको थियो । त्यस्तै नेपाल अर्बुदरोग निवारण संस्था रुपन्देहीको पनि पूर्व कोषाध्यक्ष हुनुहुन्छ ।
उहाँको पार्थिव शरीरलाई अहिले नेपाल ल्याईदै छ । स्वर्गीय दशरथमुनी शाक्य र स्वर्गीय जसजक्ष्मी शाक्यका साईला छोरा स्वर्गीय सुरेन्द्रमुनी शाक्यका श्रीमती सहित छोरा डा. निखिलमुनी शाक्य र छोरी निकिता शाक्य नर्स हुनुहुन्छ ।