तिलोत्तमा जेसीजमा शुभकामना आदानप्रदान

1.3K

तिलोत्तमा जेसीजमा शुभकामना आदानप्रदान

तिलोत्तमा जेसीजमा नयाँ वर्ष २०८१ को पूर्वशन्ध्यामा शुभकामना आदान प्रदान गरिएको छ । तिलोत्तमा जेसीले बिहिबार एक कार्यक्रमका बिच शुभकाना आदान प्रदान गर्नुको साथै प्रशासन गरिएको भित्रे पत्रो (क्यालेण्डर) विमोचन गरेको हो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश पाठकले नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै तिलोत्तमा जेसीजले प्रकाशन गरेको क्यालेण्डर विमोचन गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै वडा अध्यक्ष पाठकले जेसीजले समाज रुपान्तरणमा उदाहरणीय कार्य गर्दै आएको स्मरण गर्दै देशका कर्णाधार मानिएको युवा शक्तिलाई असल नेतृत्व अभ्यासमा जेसीज उदाहरणीय रहेको भनाई राख्नुभयो । उहँँले समाजमा रहेका विकृति, विसंगतीको चिरफारमा पनि काम गर्न सुझाव दिनुभयो ।
तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेलले तिलोत्तमा जेसीजले स्थापना भएको छोटो समयमै उत्कृष्ट शाखाको पहिचान बनाउन सफल भएको दावी गर्नुभयो । उहाँले नयाँ वर्षको आगमनले नयाँ जोस, जाँगर र उत्साह आउन सकोस भन्दै त्यो जोस जागर र उत्साहलाई जेसीजमा कृयाशिल बनाउन पनि सदस्यहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै उहाँल जेसीजको मुल मर्ममा रहेर समाजिक रुपन्तरण, व्यक्तित्व र नेतृत्व विकाससंगै जेसीज सदस्यहरुलाई उधमशिलता विकासका कार्यक्रम गर्न सफल भएको बताउनु भयो ।
कार्यक्रमा तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकालले संस्था स्थापना गर्दा धेरै आरोह अवरोह आएता पनि संस्था स्थापनापछी संस्थाले गरेका कार्यक्रम र समाजमा पारेका सकारात्मक प्रभावले आफुलाई सन्तुष्टि मिलेको भनाई राख्नुभयो ।
कार्यक्रमा तिलोत्तमा जेसीजका प्रमुख सल्लाहकार तथा नेपाल जेसीजका पुर्व कार्यकारीणी उपाध्यक्ष विनोद सुवेदी, पुर्व अध्यक्ष निशानबाबु कार्की, लोकप्रसाद भण्डारी, बासुदेव शर्मा, विनित भट्टराई, निर्वतमान अध्यक्ष प्रकाश गौतम, शुलभ वञ्जाडे, महिमा कुवर लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।