आज चैते दशैं : नवदुर्गाको पूजाआराधना गरी मनाईँदै

1.3K

आज चैते दशैं : नवदुर्गाको पूजाआराधना गरी मनाईँदै

आज चैते दशैं पर्व मनाइँदै छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने गरिन्छ ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ ।
मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । त्यसमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्र छन् । आषाढ शुक्ल पक्षमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्ल पक्षमा मनाइने शिशिरकालीन नवरात्र मनाईने दशैंको आ–आफ्नै विशेषता भएपनि प्रचलनमा छैनन् ।