रुपन्देहीको तिलोत्तमा मणिग्राममा सञ्चालित एनजी मार्केटले उपहार विजेतालाई घर बनाइदिने सम्झौता हस्तान्तरण गरेको छ । एन.जी. मार्केटले सञ्चालन गरेको लक्की ड्रमा तिलोत्तमा १ ड्राइभरटोलका योगेन्द्र बस्नेतलाई प्रथम पुरस्कार ढाई तले घर उपहार परेको थियो । कम्पनीले तिलोत्तमा ७ भलबारीमा रहेको आवास कलोनीमा १० धुर जग्गामा निर्माण हुने १ हजार ६ सय स्क्वायर फुटमा बन्ने साढे २ तले घर बनाईदिने सम्झौता हस्तान्तरण गरेको हो ।
शनिबार एक कार्यक्रमका विचर मार्केटका अध्यक्ष नारायण बन्जाडे र सिईओ आभास बन्जाडेले बस्नेतलाई घर दिने सम्झौता पत्र हस्तान्तरण गर्नुभएको हो । कम्पनीले एक हजार जना ग्राहकलाई दश प्रकारका उपहार दिने गरी गत वर्ष अफर ल्याएको थियो । एनजी मार्केटमा एकपटकमा ५ हजार वा पटक पटक गरेर १० हजार रुपैयांको सामान खरिद गर्दा प्राप्त कुपनबाट लक्की ड्र मार्फत बस्नेतले पहिलो पुरस्कार ढाई तले घर प्राप्त गर्नुभएको हो ।
बस्नेतले एनजी मार्केटमा चारपटकमा करिब ४० हजारको सामान खरिद गरेर ४ वटा लक्की ड्र कुपन पाउनु भएको थियो । बैशाख १ गते लक्की ड्र खोलिएको थियो । त्यतिबेला पुरस्कार विजेता बस्नेत नयां वर्षमा पोखरा घुम्न गएकाले एक हप्तापछि घर दिने सम्झौतापत्र हस्तान्तरण गरिएको हो ।
पुरस्कार विजेता बस्नेतले आफूलाई धेरै खुसी मिलेको बताउँदै आफ्नै नगरमा यतिठूलो लगानीमा युवाले नेतृत्व गरेर सञ्चालन गरेको व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ भनेर आफू सपिङको लागि सधै त्यहि जाने गरेको बताउनु भयो । सबै सामान एउटै छानामुनि पाइने एनजी मार्केट सञ्चालनमा आएपछि उपभोक्ताहरु सुनौली वा अन्यत्र धाउनुपर्ने वाध्यता नभएको उहाँले बताउनु भयो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष नारायण बन्जाडेले ग्राहकको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर ब्राण्डिङ पनि गर्ने उद्देश्यले एक हजार वटा पुरस्कार वितरण गर्ने योजना रहेको बताउनु भयो ।
सिईओ आभास बन्जाडेले बांकी ९९९ वटा पुरस्कार आगामी वर्ष २०८२ साल प्रारम्भका अवसरमा वितरण गर्ने बताउनु भयो । उहाँका अनुसार बाँकी ९९९ वटा पुरस्कारमा एक जनालाई किया ब्राण्डको कार, एक जनालाई रोयल इनफिल्ड ३५० सीसीको बुलेट मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटर, १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन प्रदान गरिने छ ।