अवैध सट्टेवाजी सञ्चालन गरेका १३ भारतीय पक्राउ

1.3K

अवैध सट्टेवाजी सञ्चालन गरेका १३ भारतीय पक्राउ

सट्टेवाजी (जुवा) सञ्चालन गरेको आरोपमा बुटवलबाट प्रहरीले १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद लिएर आवश्यक थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
बुटवलको कालिकानगरमा व्यक्तिको घरमा फ्लाट भाडामा लिएर अनलाई वेटिङ साईट मार्फत जुवा (सट्टेवाजी) सञ्चालन गरेका उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मोवाई तथा ल्यापटको प्रयोग गरी सट्टेवाजी सञ्चालन गरी अनलाईनबाट रकम आदानप्रदान गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका १३ थान ल्यापटप, विभिन्न कम्पनीका ४० सेट मोवाईल, १३ वटा भारतीय सिमकार्ड, १८ थान सिमकार्डको खोल, विभिन्न व्यक्तिका १२ वटा फोटो, ४ वटा राउटर, ल्यापटप तथा मोवाईलका चार्जरहरु र भारतीय बैंकका चेकहरु समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु

भारत, राजस्थान राज्य, जिल्ला झुनझुन, चिडवा पंचायत बस्ने रामचन्द्र
कुमारको नाति सुरेन्द्र कुमारको छोरा बर्ष २५ को मुकेश कुमार ।

भारत, राजस्थान राज्य, जिल्ला झुनझुनु, चिडवा पंचायत बस्ने पोक्कर राम
चौधरीको नाति सिसपाल सिंहको छोरा बर्ष ३३ को रबिन्द्र सिंह ।

भारत, उत्तर प्रदेश राज्य, जिल्ला गोरखपुर, अस्करगंज पंचायत बस्ने अब्दुल
रसिदको नाति, मोरन अलिको छोरा बर्ष २६ को ओसिम खान ।

भारत, वयस्टबंगाल राज्य, हुगली जिल्ला कोलकता सिटि बस्ने बाद शाहको
नाति मोहमद खानको छोरा बर्ष २७ को समिम खान ।

भारत, राजेस्थान राज्य, जिल्ला सिक्कर, लक्ष्मणगढ पंचात बस्ने मुनसरा
सुण्डाको छोरा रामेश्वरलाल सुण्डको छोरा बर्ष २५ को जुगल किशोर ।

भारत, राजेस्थान राज्य, जिल्ला सिक्कर, खण्डेला पंचायत बस्ने मागुराम को
नाति गोबिन्द्ररामको छोरा बर्ष २७ को महेन्द्र चौधरी ।

भारत, राजेस्थान राज्य, जिल्ला सिक्कर, खण्डेला पंचाय बस्ने नानुराम
चौधरीको नाति बिरबलको छोरा बर्ष ३० को सिसराम चौधरी ।

भारत, राजेस्थान राज्य, जयपुर जिल्ला अर्मडा पंचायत पंचायत बस्ने
बोधुराम चौधरीको नाति रामदेव सिंहको छोरा बर्ष ३० को रोहित तास ।

भारत, राजेस्थान राज्य, हनुमानगढ जिल्ला, रामपुर पंचायत बस्ने
पृतिराम चौधरीको नाति रबिन्द्र कुमारको छोरा बर्ष २१ को भिमसेन
चौधरी ।

भारत, राजेस्थान राज्य, झुनझुनु जिल्ला, नवलगढ पंचायत बस्ने
चुनरामको नाति, बिरजोरामको छोरा बर्ष २३ को मनोज कुमार ।

भारत, राजेस्थान राज्य, जिल्ला झुनझुनु, जयपुर पंचायत बस्ने सदार
मलको नाति राजेन्द्र सिंहको छोरा बर्ष २६ को अनिल चौधरी

भारत,राजेस्थान राज्य, जिल्ला सिक्कर, श्रीमाधवपुर पंचायत बस्ने
प्रबुदयाल चौधरीको नाति मोहन चौधरीको छोरा बर्ष २४ प्रदिप चौधरी ।

भारत, राजेस्थान राज्य, जिल्ला झुनझुनु, जयपुर पचायत बस्ने
मल्लराम चौधरीको नाति प्रमोद चौधरीको छोरा बर्ष २४ को प्रविन कुमार
चौधरी