एक्यानकाे लुम्बिनी प्रदेश अध्यक्षमा पाेखरेल

1.3K

एक्यानकाे लुम्बिनी प्रदेश अध्यक्षमा पाेखरेल

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सिए छविलाल पाेखरेललाई चयन गरिएकाे छ । संघकाे शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट प्रदेश तथा रुपन्देही जिल्लाकाे कार्यसमिति सर्वसम्मत चयन गरिएकाे हाे । अधिवेशनबाट प्रदेश समितिकाे सचिवमा सिए उपेन्द्र न्याैपाने (बाँके), काेषाध्यक्षमा सिए सुशील ज्ञवाली (रुपन्देही), सलस्यहरुमा सिए बालकृष्ण पाण्डे (रुपन्देही) र सिए दीपक सेटी (दाङ) लाई चयन गरिएकाे निर्वाचन समितिका संयाेजक वरिष्ठ सिए रुपेश महेश्वरीले जानकारी दिनुभयाे ।

त्यसैगरी रुपन्देहीकाे अध्यक्ष पदमा सिए कमल ज्ञवालीलाई चयन गरिएकाे छ । उपाध्यक्ष पदमा सिए महेश घिमिरे, सचिवमा सिए सगुन खनाल, काेषाध्यक्षमा सिए विजय न्याैपानेलाई चयन गरिएकाे छ । जिल्ला कार्यसमिति सदस्यहरुमा सिए सन्ताेष न्याैपाने, सिए ध्रुव पाैडेल, सिए केशव बस्याल, सिए अच्युत पाण्डे, सिए सुमन नेपाललाई चयन गरिएकाे निवर्तमान अध्यक्ष सिए प्रदिप भट्टराईले जानकारी दिनुभयाे ।

शनिबार नै केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशकाे निर्वाचन बुटवलमा भएकाे छ । सिए हरि लम्सालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ । एक्यानमा लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेकाे केन्द्रीय प्रतिनिधि दीपक ज्ञवालीले जानकारी गराउनु भयाे । एक्यानकाे नेतृत्व लिनकाे लागि केन्द्रीय अध्यक्ष पदमा सिए रमेश धिताल र सिए अरुण राउत प्रतिस्पर्धामा हुनुहुन्छ ।