आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवालीलाई चयन गरिएको छ । कम्पनीको गत आईतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरु मध्येबाट अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।
बैठकले अध्यक्ष जगतबहादुर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्ष पदमा ज्ञवालीलाई चयन गरेको हो ।