बुटवल ८ मा तीन करोड बढी राजश्व संकलन

1.3K

बुटवल ८ मा तीन करोड बढी राजश्व संकलन

बुटवल उपमहानगरपालिका वडा नं. ८ मा चालु आर्थिक वर्षमा तीन करोड बढी राजश्व संकलन भएको छ ।
वडाको हालै सम्पन्न वार्षिक समिक्षामा वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले चालु आर्थिक वर्षमा बैशाख मसान्तसम्म ३ करोड १३ लाख ७८ हजार रुपैंया राजश्व संकलन भएको जानकारी गराउनु भएको हो ।
वार्षिक समिक्षामा चालुक आर्थिक वर्षमा वडाबाट सम्पन्न भएका योजनाहरुको बारेमा जानकारी गराउँदै पूर्वाधार विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर बिभिन्न योजना सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले यो एक वर्षको अवधिमा बिभिन्न १७ प्रकारका सडकसंग सम्वन्धित कामहरु भएको बताउँदै शिक्षा, समानता तथा न्याय, वडाध्यक्ष पहिचान तथा सौन्दर्यीकरण, बिद्युत, खानेपानी, लैंगिक समानता, सञ्चार, पशु, स्वास्थ्य, प्रशासन, खेलकुद लगायतका क्षेत्रमा काम भएको बताउनु भयो ।
त्यस अवसरमा उहाँले आगामी आर्थिक वर्षमा गर्ने २१ योजनाहरु समेत सार्वजनिक गर्नुभयो । कार्यक्रममा वडा सदस्यहरु हरिहर ज्ञवाली, तुलबहादुर थापा मगर, सीता खनाल, सविता बिक, वडा सचिव सुन्दरी आचार्य, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, पुर्व वडा अध्यक्ष भिम प्रसाद श्रेष्ठ लगायत सम्वन्धित विषयमा जानकारी गराउनु भएको थियो ।