पत्रकार महासंघ रुपन्देहीद्वारा पाँच पत्रकार पुरस्कृत

1.3K

पत्रकार महासंघ रुपन्देहीद्वारा पाँच पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ रुपन्देहीले ५ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ रुपन्देहीले आयोजना गरेको तीन दिने तालिमको समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी तीन पुरस्कार बाट पाँच पत्रकारलाई पुरस्कृत गरिएको हो ।
महासंघ रुपन्देही बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मण पौडेल, बुटवल उपमहानगरपालिकाकै सहयोगमा एक महिला सहित दुई जनालाई प्रदान गर्नेगरी स्थापना गरिएको सुर्यप्रसाद प्रधान स्मृति विकास पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसी र भगवती पाण्डे तथा बुटवल पब्लिक स्कुलले प्रदान गर्ने शिक्षा पत्रकारिता पुरस्कार कृष्ण खनाल र अम्विका दर्जीलाई प्रदान गरिएको हो ।
उक्त पुरस्कारको राशी क्रमशः १ लाख, ५० हजार र १० हजार रहेको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पुरस्कार प्रदान गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले पछिल्लो पटक अग्रज मात्रै नभएर बुटवलकै अभिभावक विकासका धरोहर समेत रहेका पूर्वसांसद तथा पूर्व नगरप्रमुखको स्मृतिमा उहाँका नामलाई चिरस्थायी बनाउनको लागि प्रत्येक वर्ष एक महिला सहित दुई जनालाई प्रदान गर्नेगरी सुर्यप्रसाद प्रधान स्मृति विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको बताउनु भयो ।