तराईका जिल्लामा अत्यधिक गर्मी

1.3K

तराईका जिल्लामा अत्यधिक गर्मी

नेपालमा तराईका जिल्लामा अत्यधिक गर्मी बढेकाले सर्तक रहनु अनुरोध गरिएको छ । मौषम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केहीदिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको जानकारी गराएको हो ।
आगामी केही दिन सम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी गराउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । महाशाखाका अनुसार जेठको १८ गतेसम्म तातो हावा र तातो लहरको सम्भावना रहेको हुँनाले त्यसको असरबाट बच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।