बुटवलमा महिला उद्यमीलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ को सहकार्यमा महिला उद्यमी संघ नेपाल रुपन्देहीले त्यस वडाका महिला उद्यमीलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको हो ।
महिला उद्यमीलाई उनीहरुको व्यक्तिगत क्षमता अभिबृद्धि गर्न सकियो भने व्यवसायिक जीवनलाई उर्जाशिल बनाउन र सामाजिक क्रियाकलापमा नेतृत्व गर्नको लागि तयार गर्नको लागि तालिम प्रदान गरिएको संघकी अध्यक्ष अनिता केसीले बताउनु भयो ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले महिला उद्यमीको नेतृत्व तथा क्षमता अभिबृद्धि गर्न सकियो भने त्यसले उनीहरुको व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने र सामाजिक तथा अन्य गतिबिधिमा नेतृत्व लिनको लागि सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा करिव ९५ जना महिला उद्यमी तथा उद्यम गर्न चाहने महिलाहरुको सहभागिता रहेको थियो । एक दिने उक्त तालिममा प्रशिक्षक गोपाल अधिकारी र सञ्जु पौडेलले प्रशिक्षण गर्नुभएको थियो ।
त्यस अवसरमा वडा सदस्य सीता खनाल, ईश्वरप्रसाद लम्साल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।