टण्डन समाजको साधारण सभा : बुटवलको सडक डिभाईडरमा बृक्षरोपण

1.3K

टण्डन समाजको साधारण सभा : बुटवलको सडक डिभाईडरमा बृक्षरोपण

टण्डन समाज नेपालको दोस्रो साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको पूर्वसन्ध्यामा शुक्रबार समाजले बुटवलको योगिकुटीदेखि उत्तरतर्फको सडक डिभाईडरमा बृक्षरोपण गरेको थियो ।
त्यस अवसरमा प्रतिनीधि सभा सदस्य डा. चन्द्र भण्डारी, बु्टवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल उपममहानगरपालिकाका कार्यकारी प्रमुख मित्रमणी खनालले उक्त डिभाईडरमा स्वामिका बृक्ष रोपण गर्नुभएको थियो ।
त्यस अवसरमा प्रतिनीधि सभा सदस्य डा. चन्द्र भण्डारीले रोपिएका विरुवाको संरक्षण गर्न सकियो भने वावातरण संरक्षणमा पनि योगदान गुग्ने र पर्यापर्यटनको समेत विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
शनिबार सम्पन्न भएको साधारण सभामा समाजका वरिष्ठ सल्लाहकार, ग्रिन सिटि अस्पतालका सञ्चालक लोकबहादुर टण्डनलले समाजले यसका सदस्यहरु विचको आपसी सद्भाव अभिबृद्धि गर्दै समस्यामा सहयोगी बनेर साथ दिनुपर्ने भनाई राख्नुभयो ।
समाजका अध्यक्ष यमबहादुर टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा गोपाल टण्डन, विष्णुबहादुर टण्डन, बसन्त टण्डनले भनाई राख्नुभएको थियो ।
त्यस अवसरमा कोषाध्यक्ष काजिमान टण्डनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समाजका सचिव विजय टण्डनको सञ्चालनमा भएको कार्यक्रममा सावित्रा टण्डनले स्वागत गर्नुभएको थियो ।