मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिन्छ । जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी बायुको प्रभावले आइतबारसम्म देशभर साधारण देखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसले मेघगर्जन/चट्याङ्ग, भारी वर्षा, भू–क्षय, पहिरो तथा गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रहरूमा डुवान जोखिम हुनुको साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।