रुपन्देहीको देवदह स्थित आवाश इयडष्ट्रिज प्रा.लि.लाई नवप्रवर्तनकारी उद्यमी पुरस्कार प्रदान गरिएको छ । विहिबार काठमाण्डौंमा आयोजित समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगका संचालक यज्ञश्वर थैवलाई दुई लाख रुपैंया नगद सहित पुरस्कार प्रदान गर्नुभएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोंच र प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पु¥याए वापत उक्त पुरस्कार प्रदान गरेको हो । विश्वभर कोरोना महामारी फैलिरहेका वेला २०७६ सालमा आवास ग्रुपले देवदहको भलुहीमा फर्निचर उद्योग स्थापना गरेको थियो । हरेक वर्ष चिनबाट अरबौंका कुर्चि टेबल लगायतका फर्निचर सामग्री नेपाल भित्रिईरहेका बेला आवास ग्रुपले चिनिया कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न आवास इण्डष्ट्रिज स्थापना गरिएको थियो ।
उद्योग स्थापनाको पाँचवर्षको अवधीमा नेपालभर ब्राण्ड स्थापित गर्नुका साथै हालै काठमाण्डौको नैकापमा शाखा सञ्चालन गरिएको छ । यो उद्योगले विद्यालय, क्याम्पस, होटल, पार्टी प्यालेस लगायतका व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत प्रयोगमा आउने आकर्षक डिजाईनमा कुर्ची, टेवल, झुला लगायतका सामग्री उत्पादन गर्दै आएको छ ।
आवास गु्रपले रुपन्देहीको तिलोत्तमाको ड्राईभरटोलमा धाराका सामग्री उत्पादन गर्ने उद्योग, बुटवल औद्योगिक क्षेत्रमा सन फिटिङ, गंगोलियामा बेभरेज, पाईप फेक्ट्री, भलुही फर्निचर, हेल्मेट सहित १५ बढी उद्योग सञ्चालन गरेको छ ।