देवदहमा क्रियाशील लायन्स क्लब अफ देवदहको अध्यक्षमा कृष्णराज पौडेललाई चयन गरिएकाे छ । शुक्रबार एक कार्यक्रमबीच क्लबले नयाँ निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण गर्यो ।
क्लबको प्रथम उपाध्यक्षमा सिर्जना ओली, उपाध्यक्षमा गणेश क्षेत्री र हीरालाल कँडेल, सचिवमा पवन पौडेल, कोषाध्यक्षमा अञ्जना ओली, सहसचिवमा खड्ग बहादुर क्षेत्री, सहकोषाध्यक्षमा गीता शर्मा चयनलाई चयन गरिएकाे छ ।
क्लबले आगामी वर्षको लागि ३४ सदस्यीय कार्यसमिति चयन गरिएको क्लबका नवनिर्वाचित सचिव पवन पौडेलले जानकारी दिनुभयाे ।
पद हस्तान्तरण कार्यक्रममा प्रतिबद्धता गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले लायन्सले लिएको नीतिमा रहेर सामाजिक कार्यमा सहभागी हुने बताउनु भयाे । लायन्समा थप युवालाई जोड्ने र पुराना कार्यक्रमलाई निरन्तरतासंगै नयाँ कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।
कार्यक्रम लायन्स लिडरहरू अर्जुनमान शैजू, पुरुषोत्तम प्रधानाङ्ग, बालाराम भट्टराई, सन्दीप कसौधन, विनोद खरेल, संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।